मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ ३ शुक्रबार ०८:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारको परिवारलाई राज्यले सहयोग गर्छ ?

Read Time : < 1 मिनेट
२०७९ भदौ ३ शुक्रबार ०८:१७:००

वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा मृतकको परिवारलाई राज्यले नगद, छात्रवृत्तिलगायत सहयोग सुविधा दिँदै आएको छ, तर यसबारे उनीहरू जानकार रहेको पाइँदैन । वैदेशिक रोजगार बोर्डले मृतक कामदारको परिवारलाई दिने सहयोग सुविधा यस्ता छन्  ः

नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको भिसा अवधिभित्र मृत्यु भएमा बोर्डले आर्थिक रकम सहयोग गर्छ । बोर्डले सात लाख रुपैयाँ नगद र मृतकका छोराछोरीलाई छात्रवृत्तिको सुविधा दिन्छ । कामदारको भिसा अवधि दुई वर्षको हुन्छ । सो अवधिमा कामदारको कुनै पनि कारणले मृत्यु भएमा वा आत्महत्या गरे पनि घटनाको एक वर्षभित्रमा बोर्डको सचिवालयमा निवेदन दिनुपर्नेछ । यदि कामदार बिदामा नेपालमा आएको अवस्थामा मृत्यु भए पनि बोर्डले आर्थिक सहयोग प्रदान गर्छ । 

यसका लागि मृतक कामदारको परिवारले सम्बन्धित स्थानीय तहको नगरपालिका वा गाउँपालिकामा गएर निवेदन दिनुपर्नेछ । स्थानीय कार्यालयले बोर्डमा निवेदन पठाउँछ । प्रमाणित भएपछि मृतकको नजिकको नातेदारको बैंक खातामा बोर्डले रकम जम्मा गर्नेछ । निवेदनका साथै बोर्डले अनलाइन राखिदिएको फर्म भर्नुपर्नेछ । मृतकको पासपोर्टको फोटोकपी पेस गर्नुपर्नेछ । पासपोर्टमा मृतक कामदारको विवरण भएको पेज र श्रम स्वीकृतिको स्टिकर भएको पेज फोटोकपी संलग्न गर्नुपर्नेछ । पासपोर्टमा विदेश गएको र फर्केको छाप पनि पेस गर्नुपर्नेछ । श्रम सम्झौताको पत्रको कपी, मृत्युदर्ताको प्रमाणपत्र, दूतावासले दिने नो अब्जेक्सन लेटर, मृतकको नागरिकता, निवेदन दिनेको नागरिकता, वडाले सिफारिस गरेको किटानी पत्र पेस गर्नुपर्नेछ ।

यदि कामदारको नेपालभित्र नै मृत्यु भएमा वडा कार्यालयको प्रमाणपत्र र अस्पताल लगेको भएमा अस्पतालले दिएको मृत्यु प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ । 
त्यस्तै, मृतकका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्छ । नर्सरीदेखि आठ कक्षासम्मको अध्ययनका लागि वार्षिक आठ हजार रुपैयाँ प्रदान गर्छ । नौ देखि १२ कक्षासम्मको अध्ययनका लागि भने वार्षिक १२ हजार रुपैयाँ प्रदान गर्छ ।