१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २ बिहीबार २१:२८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आगामी निर्वाचनमा ‘मोदी रणनीति’ अपनाउने राहुल गान्धीको योजना

Read Time : < 1 मिनेट
२०७९ भदौ २ बिहीबार २१:२८:००

भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने योजना बनाएका छन् । 
सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहरू तथा विज्ञहरूसँग परामर्श गर्ने क्रममा नेता गान्धीले आफ्नो योजनाबारे बताएका हुन् । 

भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्षसमेत रहेका नेता गान्धीले अन्य विज्ञ तथा सरोकारवालाहरूसँग पनि चरणबद्ध रूपमा छलफल गर्ने तयारी गरेको जनाइएको छ ।

मोदी नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको र त्यही विषयलाई आगामी निर्वाचनको मुख्य एजेन्डा बनाउने उनको भनाइ छ । सन् २०१४ मा भारतीय जनता पार्टीले पनि तत्कालीन मनमोहन सिंह नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको भन्दै त्यसैलाई मुख्य एजेन्डा बनाएको थियो ।

आगामी निर्वाचनका लागि पार्टीको तर्फबाट गर्नुपर्ने तयारीका बारेमा गान्धीसँगै अन्य नेताहरूले पनि आन्तरिक छलफललाई तीव्रता दिएको बताइएको छ । रासस