१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २ बिहीबार ०८:५३:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

केन्याको राष्ट्रपतीय निर्वाचनको नतिजा उपविजेताद्वारा अस्वीकार  

Read Time : < 1 मिनेट
२०७९ भदौ २ बिहीबार ०८:५३:००

केन्याको राष्ट्रपतीय निर्वाचनको नतिजा उपविजेताले अस्वीकार गरेका छन् । विपक्षी दलका प्रभावशाली नेता तथा राष्ट्रपतीय निर्वाचनमा उपविजेता घोषित राइला ओडिंगाले निर्वाचन आयोगले घोषणा गरेको नतिजा अस्वीकार गरेका हुन् ।  

 निर्वाचन आयोगले राष्ट्रपतिका अर्का उम्मेदवार तथा तत्कालीन उपराष्ट्रपति विलियम रुटोले जित हासिल गरेको सोमबार घोषणा गरेको थियो । नतिजा अस्वीकार गरेका ७७ वर्षीय ओडिंगाले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएको यो पाँचौँपटक हो । उनले निर्वाचनमा धाँधली भएको, निष्पक्ष नभएको, राज्यशक्ति र स्रोत–साधनको दुरुपयोग गरिएकोलगायत आरोप लगाएका छन् ।

उनले यसविरुद्ध कानुनी उपचार खोज्नेसमेत बताएका छन् । तर, निर्वाचन आयोगका अधिकारीले भने निर्वाचन निष्पक्ष नै भएको दाबी गर्दै यसमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारेका छन् । आयोगले रुटोलाई देशको पाँचौँ राष्ट्रपतिका रूपमा घोषणा गरिसकेकाले उनलाई जिम्मेवारी दिने गरी अन्य प्रक्रिया सुरु भइसकेको अधिकारीहरूले जनाएका छन् ।

  राष्ट्रपतिमा निर्वाचित रुटो सन् २०१३ देखि उपराष्ट्रपतिको जिम्मेवारीमा थिए । उनले आफूले सबैलाई समेटेर अगाडि बढ्ने र देशको विकासका लागि सबैको योगदानको आवश्यकता रहेको बताएका छन् ।