१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ भदौ १ बुधबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निःशुल्क घोषित सामुदायिक विद्यालयले असुल्यो पौने ३ लाख भर्ना शुल्क

सामुदायिक विद्यालयले शुल्क लिएकाबारे छानविन थाल्दै अख्तियार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ भदौ १ बुधबार १९:४१:००

सरकारले निःशुल्क घोषणा गरेका सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूबाट भर्ना शुल्क लिएको भेटिएको छ। यस्तै, सामुदायिक घोषित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ६ को जननमुना माविले भर्नाका नाममा विद्यार्थीबाट दुई लाख ७६ हजार ६९० रुपैयाँ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कागजात नियन्त्रणमा लिएको हो। 

विद्यालयले गत २६ साउनमा प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीहरूबाट रकम असुल गरेको थियो। यसरी भर्ना गर्दा रकम असुलेर बिलसमेत नदिएको अख्तियारको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस्तो असुली संविधान, उच्च अदालत सुर्खेतको २३ जेठ ०७८ को अन्तरिम आदेश तथा १ मंसिरको परमादेशविपरीत भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। 

उजुरीपछि अख्तियारको टोलीले बुधबार विद्यालयबाट विनारसिद विद्यार्थीबाट रकम असुल गरिसकेको अवस्थामा कागजात नियन्त्रणमा लिएको छ। यसबारे अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। सरकारले निःशुल्क घोषणा गरेका यस्तै अन्य सामुदायिक विद्यालयले पनि विनारसिद विभिन्न नाममा शुल्क असुल गरेको उजुरी विभिन्न प्रदेश कार्यालयबाट पनि आएको अख्तियारले जनाएको छ। ती उजुरीउपर कार्यालयहरूबाट छानबिन भइरहेको प्रवक्ता भण्डारीले बताए।