१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ८ शुक्रबार २०:०४:००
Read Time : < 1 मिनेट
समाचार

एसईई परीक्षा आइतबारदेखि सुरु हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ८ शुक्रबार २०:०४:००

आइतबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा देशभरबाट कुल चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसईईमा सहभागी हुने विद्यार्थीको स‌ंख्या अघिल्लो वर्षको तुलनमा कमी आएको राष्ट्रिय परीक्षा बाेर्डअन्तर्गतकाे कक्षा १० एसईई परीक्षा नियन्त्रक विष्णु प्रसाद अधिकारीेले जानकारी दिए ।

गत वर्षभन्दा एसईई परीक्षामा सहभागी हुने विद्यार्थी संख्या करिब साढे १० हजार कम भएको अधिकारीले बताए । यस वर्षकाे परीक्षामा दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा सहभागी हुँदैछन् । परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने भएका छन् ।

परीक्षाका लागि देशभरबाट एक हजार नौँ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सबैभन्दा बढी प्रदेश, ३ बाट विद्यार्थी सहभागी हुने भएका छन् । प्रदेश, ३ बाट एक लाख ६ हजार दुई जना परीक्षार्थी सहभागी हुने भएका हुन् । 

गत वर्ष एसईई परीक्षामा नियमित र एक्जाम्टेडतर्फबाट कुल चार लाख ८५ हजार पाँच सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए ।