१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ८ शुक्रबार १९:५१:००
Read Time : < 1 मिनेट
समाचार

आगलागीमा परी एक घाइते, ५४ लाख बराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ८ शुक्रबार १९:५१:००

शिवराज नगरपालिका, ६ पैकिबन्डामा भीषण आगलागी भएको छ । शुक्रबार अपराह्न २ बजे स्थानीय बुदई कुर्मीको घरबाट लागेकाे आगोेले ११ घर तथा पाँच गोठ जलेर नष्ट भएका छन् । 

खाजा बनाउने क्रममा लागेको आगोमा परी स्थानीयवासी सनउल्ला मिँया घाइते भएकाे प्रहरीले जनाएको छ । आगलागीबाट करिब ५४ लाखको क्षति भएको प्रहरीको जनाएकाे छ । स्थानीयवासी, प्रहरी तथा कृष्णनगरको दमकलले ३ घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो । आगलागी स्थलमा पुगी प्रदेशसभा सदस्य अर्जुन केसीले आगलागी पीडितलाई प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार ४० हजार बराबरको जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।