मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस
२०७५ चैत ८ शुक्रबार १९:२४:००
Read Time : < 1 मिनेट
समाचार

डाेजर दुर्घटनामा सहचालककाे मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत ८ शुक्रबार १९:२४:००

सिन्धुपाल्चोकको चौतारा साँघाचोक गढी नगरपालिका–४ बतासेमा बाटो खन्ने क्रममा शुक्रबार डोजर पल्टदा सहचालककाे मृत्यु भएकाे छ । बलठी गाउँपालिका–६ घर भएका सहचालक २३ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको हाे । 

डाेजर सडकबाट करिब साढे एक सय मिटर तल खसेकाे थियो । दुर्घटनामा घाइते तामाङलाई उपचारका लागि धुलिखेल अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।