१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार २१:५२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘स्मृतिमा स्वनाम’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार २१:५२:००

कम्युनिस्ट नेता स्वनाम साथीको स्मृतिमा प्रकाशित पुस्तक ‘स्मृतिमा स्वनाम’ सार्वजनिक भएको । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा ‘स्मृतिमा स्वनाम’को पत्रकार भैरव रिसाल र मार्स्कीय गुरुकुलका संस्थापक सदस्य घनश्याम शर्मा पौड्याल र निनु चापागाईंले संयुक्त रूपमा विमोचन गरेका हुन् । 
पत्रकार रिसालले स्वनाम सरल र सादगी नेता भएको बताएका थिए । स्वनामले सादगीपन व्यवहारमै देखाउने गरेको उनले सुनाए । पुस्तकबारे माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, वाम विश्लेषक श्याम श्रेष्ठ र लेखक आहुतिले चर्चा गरेका थिए । पोखरेलले स्वनाम साथीका जीवनका विभिन्न पाटाबारे चर्चा गरेका थिए । 
आहुतिले नेपाली कम्युनिस्ट आन्दोलनमा बहस हुँदै आएको ‘सर्वहाराकरण’को विषय सही हुँदाहुँदै पनि बाँच्नकै लागि मध्यम र पुँजीपतिवर्गसँग हात थाप्नुपर्ने नियति रहेको बताए । ‘स्वनाम साथीले पनि बाँच्नकै लागि त्यस्ता वर्गसँग हात थाप्नुपर्ने अवस्था बन्यो, यसको समीक्षा गर्नुपर्छ,’ आहुतिले भने । 
पुस्तकको प्रधान सम्पादक निनु चापागाईं हुन् । पुस्तकमा स्वनाम साथीसँगको सानिध्य रहेका ८५ जनाको व्यक्तिगत संस्मरण समावेश छन् । पुस्तक मार्क्सीय गुरुकुलले प्रकाशन गरेको हो ।