नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा दल दर्ता गराएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ मंगलबार निर्वाचन आयोग पुगेर संयुक्त रूपमा दल दर्ता गरेका हुन्।
दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिह्नबाट चुनाव लड्ने सहमतिअनुसार संयुक्त रूपमा दल दर्ता गराएका हुन्। मंगलबार बिहान माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको थियो।
दल दर्ताका लागि आज दिउँसो दुवै पार्टीका कर्मचारीहरू निर्वाचन आयोग पुगेका थिए। आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो।