१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार १०:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् बैठक ११ बजे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार १०:३५:००

संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने र सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको जानकारी गराउने कार्यसूची छ ।

त्यस्तै, सभामुखले अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । अर्थमन्त्री जनार्दन शर्माले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।