Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ०७:२५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रेनुका र प्रवीणलाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ०७:२५:००

‘मेरो डान्स कप युएसए–४ र मेरो भ्वाइस कप युएसए–२’ को उपाधि क्रमशः रेनुका राई र प्रवीण बर्देवाले जितेका छन् । अमेरिकाको कोलम्बस सहरमा आइतबार भएको कार्यक्रममा उनीहरूले उपाधि हात पारेका हुन् ।

मेरो डान्सको उत्कृष्ट १२ सम्म अमेरिकामा छनोट गरी सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा भएको थियो । ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सेमिफाइनल सकेर दुवै रियालिटी सोको टिम अमेरिका फर्किएको थियो ।

राईले ताजसँगै १० हजार डलर र टोयोटा र्‍याभ फोर गाडी पाएकी छिन् । यस्तै, बर्देवाले पनि १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरेका छन् । ‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल बनिन् भने सेकेन्ड रनरअप सुमिका तामाङ बनिन् । ‘मेरो भ्वाइस कप’तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि शीतल शर्माले जितेकी छिन् । 

‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पुरस्कार प्रदान गरेका थिए ।