मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ चैत ८ शुक्रबार १६:१२:००
Read Time : < 1 मिनेट
विश्व

अफगानिस्तानमा दुई अमेरिकी सेनाकाे हत्या

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत ८ शुक्रबार १६:१२:००

अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो । 

अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले घटनाकाे विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको अवस्थामा ती सैनिक मारिएको नेटोले जनाएकाे छ । 

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा ६ जनाकोे मृत्यु भएको एक दिनपछि नेटो सेनामाथि आक्रमण भएको हाे । राजधानीमा रहेको सिया मुसलमान समुदायले पर्सियाली नयाँ वर्ष मनाइरहेका समयमा भएको विस्फोटमा ६ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते थिए । 

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट नेटोआबद्ध प्रायः सैनिक ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै फर्किएपछि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा आएको छ । सुरक्षाको जिम्मा अफगान सैनिकको काँधमा आएपछि अफगानिस्तानमा अमेरिकी सैनिक हताहत नाटकीय रुपमा कमी आएको थियो । 

अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्शको लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतसँग भेटवार्ता र परामर्श गरेका छन् । केही समयअघि पनि अमेरिकी अगुवाइमा अफगान सरकार र तालिबानका प्रतिनिधिबीच विभिन्न चरणमा कतारमा वार्ता भएको थियो ।