मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण ३० सोमबार १७:१०:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

'मेरो डान्स कप र भ्वाइस कप युएसए’को उपाधि रेनुका र प्रवीणलाई

Read Time : < 1 मिनेट
२०७९ श्रावण ३० सोमबार १७:१०:००

‘मेरो डान्स कप युएसए–४ र मेरो भ्वाइस कप युएसए–२’को उपाधि रेनुका राई र प्रवीण बर्देवाले जितेका छन्। अमेरिकाको कोलम्बस सहरमा भएको फाइनलमा  ‘मेरो डान्स कप’को उपाधि रेनुका र ‘मेरो भ्वाइस कप’को उपाधि प्रवीणले जितेका हुन्।

रेनुकाले ताजसँगै १० हजार डलर र टोयोटा र्याभ फोर गाडी प्राप्त गर्दा प्रवीणले पनि १० हजार डलर पुरस्कारसहित टोयोटाको गाडी प्राप्त गरेका छन्।‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको सोको फाइनल अमेरिकाको कोलम्बस सहरमा आयोजना गरिएको थियो।

‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल तथा सेकेन्ड रनरअप सुमिका तामाङले जितेका छन्। ‘मेरो भ्वाइस कप’तर्फ फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि शीतल शर्माले जितेकी छिन्।

‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पुरस्कार प्रदान गरेका थिए।