मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल सुर्खेत
२०७९ श्रावण ३० सोमबार १२:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जंगली जनावरकाे आक्रमणबाट दुईजनाको मृत्यु भएपछि सडक राेकेर प्रदर्शन

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ श्रावण ३० सोमबार १२:५७:००

घाँस काट्न गएका दुई स्थानीयको जंगली जनावरको आक्रमणबाट मृत्यु भएपछि सुर्खेतको भेरीगंगा नगरपालिका– ५ स्थित मध्यवर्ती क्षेत्रका स्थानीय आन्दोलित भएका छन् । 

उनीहरूले आज बिहानैदेखि सुर्खेत–नेपालगन्ज जोड्ने रत्न राजमार्गअन्तर्गतको बबई सडकखण्ड अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । 

हिजो बिहान बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका भेरीगंगा–  ५ गेरवानीका रामबहादुर चन्द र कवि ओलीको जंगली जनवारको आक्रमणबाट मृत्यु भएको थियो । बेलुकीसम्म घर नफर्किएपछि प्रहरी, नेपाली सेना, वनरक्षक र स्थानीयले खोजी गर्दा शरीरका विभिन्न भाग खाएको अवस्थामा दुवैको शव भेटिएको थियो । 

स्थानीयले मानवीय क्षति पुर्‍याउने  जंगली जनावरलाई नियन्त्रण गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै आज बिहानदेखि सडक अवरुद्ध पारेका हुन् । 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुरज कार्कीले स्थानीयसँग समन्वय गरी राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए । स्थानीयको अवरोधले बबई क्षेत्रमा दर्जनौँ गाडी रोकिएका छन् ।