मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार १३:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोहोर विसर्जनअघि स्थानीयका माग सम्बोधन गर्न सांसद त्रिपाठीद्वारा ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार १३:३१:००

सांसद भूमिप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिबद्धता र सम्झौताहरूको बेवास्ता गर्दै जबर्जस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको टिप्पणी गरेका छन्।

‘सिलडोल भरिएर अस्तव्यस्त भइसकेपछि बन्चरेडाँडा सञ्चालनमा आउनु अनिवार्य थियो। तर, सरकारको तर्फबाट सञ्चालनमा आउनुपूर्व नै आफूले कबुल गरेका प्रतिबद्धता र सम्झौताहरूको बेवास्ता गर्दै जबर्जस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोज्नुले स्थानीयवासी आक्रोशित हुनु स्वाभाविक हो,’ उनले भने।

प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, फोहोर गाडीहरू सफाइ गरेर फिर्ता गर्नेलगायत स्थानीय बासिन्दाहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूलाई तत्काल सम्बोधन गरेर मात्रै फोहोर विसर्जन गर्न सांसद त्रिपाठीले सरकारकाे ध्यानाकर्षण गराएका छन्।