मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण २९ आइतबार १०:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डर र करको कारण गठबन्धन गर्नुपरेको हो : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
२०७९ श्रावण २९ आइतबार १०:५०:००

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डर र करको कारण गठबन्धन गर्नुपरेको बताएका छन् । भरतपुर विमानस्थलमा प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने,  ‘हामीले गठबन्धन नगरे अरू पार्टीले गर्छन्, त्यसैले यो डर र करको गठबन्धन हो ।’

एक्लै अघि बढ्नुभन्दा पनि मिलेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएकाले गठबन्धन गर्नुपरेको बताउँदै उनले भने, ‘कांग्रेसले देशमा राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायका लागि काम गर्न चाहन्छ, त्यसका लागि पनि यो गठबन्धन आवश्यक छ ।’ 

आवश्यक परे प्रधानमन्त्री बन्न तयार

मुलुकलाई अहिले सुशासन चाहिएको र त्यसका लागि नैतिक शक्ति आवश्यक रहेको उनले बताए । आवश्यक परे आफू प्रधानमन्त्रीका लागि तयार रहेको पाैडेलले जानकारी दिए । तर, प्रधानमन्त्री बन्न आफूले कुनै पनि सम्झौता नगरेको र नगर्ने जिकिर गरे । उनले आफू तनहुँबाटै चुनावमा उठ्ने बताए ।