१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २९ आइतबार ०६:५२:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

भैरव रिसालको ‘छानिएका रचना’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २९ आइतबार ०६:५२:००

वरिष्ठ पत्रकार भैरव रिसालको पछिल्लो पुस्तक ‘छानिएका रचना’ शनिबार लोकार्पण गरिएको छ । पत्रकार रिसालको ९५औँ जन्म दिनको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा लेखक रिसालसहित डा. गौरीशंकरलाल दास, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र डा. गोविन्द सार्की नेपालीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पण कार्यक्रममा डा. गौरीशंकरलाल दासले पाको उमेर सरल बनाउन आफ्नो क्षेत्रमा सक्रियता कायमै राख्नुपर्ने बताए । 

कार्यक्रमका सभापति डा. गोविन्द सार्की नेपालीले रिसालले सुरु गरेको ‘हुम्लामा उज्यालो’ कार्यक्रमका कारण रिसालसँग चिनजान भएको प्रसंग उल्लेख गर्दै रिसालसँगका हरेक भेटबाट आफूमा ऊर्जा भरिने बताए । उनले विगत १० वर्षदेखि आफूले प्रत्येक महिनामा भेट गर्ने र फोन गर्ने गरेको स्मरण गरे ।

कार्यक्रममा पुस्तकका लेखक रिसालले प्रकाशन संस्था र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आर्थिक लोभभन्दा पनि नामको लोभले पुस्तक प्रकाशन गर्न प्रेरित गरेको बताए । विगत दुई वर्षमा विभिन्न पत्रपत्रिकामा प्रकाशित झन्डै दुई सय लेख–रचनाबाट छानेर ६५ वटा लेख समेटिएको पुस्तकका सम्पादक भरतराज पोखरेलले बताए ।