मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २८ शनिबार १४:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक साउन ३० र ३१ गते काठमाडौंमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २८ शनिबार १४:२५:००

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ। बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरुको सचिवालय, संगठन, प्रशिक्षणसम्बन्धी प्रतिवेदन, प्रदेश अध्यक्षहरूको सांगठनिक प्रतिवेदन पेस हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय संगठनका प्रमुखहरूको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीतिबारे समेत छलफल हुने बताइएको छ। करिब तीन हप्ताको बेलायत भ्रमण सम्पन्न गरी अध्यक्ष थापा भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।