मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २८ शनिबार ११:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी क्षेत्रलाई दिए स्वास्थ्य बिमा नै रहँदैन : महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २८ शनिबार ११:२०:००

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा थापाले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिए बिमा नै नरहने जिकिर गरे।

नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने दाबी गर्दै महामन्त्री थापाले स्वास्थ्यमा हुने खर्च घटाउने गरी स्वास्थ्य प्रणालीका संरचनाहरू निर्माण गर्नुपर्ने औँल्याएका छन्।

‘नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदि घटाउन सकेनौँ भने अवस्था गाह्रो छ। हामी बिमा बिमा भनिरहेका छौँ। सबैलाई बिमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पुर्‍याउँछ कसरी ? हामीसँग पैसा कति छ ? हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौँ भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौँ भने हामी थेग्नै सक्दैनौं,’ उनले भने।

महामन्त्री थापाले सरकारले खर्च गर्न सक्नेअनुसारको स्वास्थ्य प्रणालीका बारेमा सोच्न आवश्यक रहेको बताए । स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचनाभित्रको महत्त्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्न नसके अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा नहुने उनको भनाइ छ ।