मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
२०७९ श्रावण २७ शुक्रबार २१:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

Read Time : < 1 मिनेट
२०७९ श्रावण २७ शुक्रबार २१:३६:००

बैतडीकाे दशरथचन्द नगरपालिका–८ का दुई किशोरी महाकालीमा बगेर बेपत्ता भएका छन्। नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका किशोरीहरू नगरपालिका–८, साङ्डीका १५ वर्षीया संगीता टमाटा र सोही ठाउँकी १६ वर्षीया कविता टमाटा रहेको प्रहरीले जनाएको छ। दिउँसो २ बजे महाकालीमा नुहाउन भनी घरबाट निस्किएका ३ जनामध्ये २ जना नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लोकराज जोशीले बताए। 

दशरथचन्द–८ को मौरा भन्ने ठाउँबाट उनीहरू महाकालीमा बगेको प्रहरीले जनाएको छ। सँगै नुहाउन गएकी १३ वर्षीया सम्झना सार्की घर पुगेपछि परिवारले थाहा पाएको र साँझ सवा सात बजे मात्र प्रहरीलाई सूचना आएको थियो। बेपत्ता किशोरीहरूको घरभन्दा महाकाली नदी करिब आधा घण्टा टाढा छ। उनीहरूको खोजीकार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। ‘घटना थाहा पाउनेबित्तिकै जिल्लाको सुरक्षा टोली उद्धारमा खटिएको छ,’ निमित्त प्रजिअ भारतीले भने, ‘सीमा क्षेत्रका सम्पूर्ण ‘बिओपी’ र भारतीय सुरक्षाकर्मीलाई समेत खबर गरेर खोजीकार्य चलिरहेको छ ।