१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
संजित परियार काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १६:३५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पशुपतिमा बटुकहरूको जनैपूर्णिमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १६:३५:००

पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले आज बिहानै स्नान गरेर पूजापाठ गरी विधिवत रूपमा रक्षाबन्धन एवं जनैपूर्णिमा मनाएका छन्। आजको दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवित फेर्ने परम्पराअनुसार उनीहरूले रक्षाबन्धन एवं जनैपूर्णिमा मनाएका हुन्।

यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बस्ने गरिन्छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन्। स्नानपछि बटुकहरूले जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरेका हुन्।

तस्बिरहरू: