१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १४:३४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपालका पोखरेललाई बैंककमा चार अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १४:३४:००

नेपालका बाल कलाकार प्रसुनजंग पोखरेलले थाइल्यान्डको बैंककमा आयोजित ‘टिन स्टार इन्टरनेसनल २०२२’ मा चारवटा अवार्ड हात पारेका छन्। उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै चौथो स्थानसहित उनले चार अवार्ड हात पारेका हुन्।

काठमाडौंको नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा अध्ययनरत पोखरेलले प्रतियोगितामा बेस्ट स्विमिङ कस्ट्युम, फ्रेन्डसिप अवार्ड तथा मिस्टर फोटोजेनिक गरी जम्मा चारवटा अवार्ड हात पारेका हुन्।

प्रतियोगितामा नेपालकी जेसिका ठकुरीले नेसनल कस्ट्युम विधामा थर्ड रनर्सअपको उपाधि हात पारेकी छिन्। जेसिकाले मिस फोटोजेनिकको अवार्डसमेत जितिन् भने नेपालकै लसता महर्जनले पनि मिस फोटोजेनिकको उपाधि हात पारिन्।

बैंककमा आयोजित प्रतियोगितामा ५५ देशका ११ देखि १९ वर्ष उमेर समूहका प्रतिस्पर्धी माझ प्रसुनजंग पोखरेल तथा जेसिका ठकुरीले प्री टिन (११–१४ उमेर समूह) तथा लसता महर्जन ले टिन (१५–१९ उमेर समूह)बीच प्रतिस्पर्धा गरेका थिए।