१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २७ शुक्रबार १०:४९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पशुसेवा विधेयक सच्याउन भेटेरिनरी एसोसिएसनको माग

Read Time : < 1 मिनेट
२०७९ श्रावण २७ शुक्रबार १०:४९:००

संसद्मा अघि बढाइएको पशुस्वास्थ्य तथा पशुसेवा विधेयकका कतिपय प्रावधानले पशुपालन क्षेत्रलाई तहसनहस बनाउने भन्दै नेपाल भेटेरिनरी एसोसिएसनले विरोध गरेको छ । भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पुर्‍याउने प्रावधान राखिएको भन्दै त्यस्ता प्रवधान सच्याउन एसोसिएसनले माग गरेको छ । अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी विधेयक सच्याउन माग गरेका छन् । गत २२ साउनमा संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले प्रतिनिधिसभामा पेस गरेको विधेयक एकपक्षीय ढंगले अगाडि बढाएको उनको भनाइ छ ।

‘स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०+२) गरेका पशुप्राविधिकले गर्ने पशुचिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याइएको उक्त विधेयक एकपक्षीय, दमनकारी एवं षड्यन्त्रपूर्ण ढंगले ल्याइएको छ,’ विज्ञप्तिमा छ, ‘भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पु¥याउने हिसाबले ल्याइएको उक्त विधेयकमा सम्पूर्ण संसद् सदस्यहरूको गम्भीर ध्यानाकर्षणका लागि नेपाल भेटेरिनरी एसोसिएसन गम्भीर तवरले अनुरोधसमेत गर्न चाहन्छ ।’ 

विधेयकको नामदेखि प्रस्तावनासम्म अस्पष्ट र सन्देहपूर्ण रहेको एसोसिएसनको आरोप छ । संविधानले स्थानीय तहको एकल अधिकारको सूचीमा उल्लेख भएका प्रावधानलाई (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुगमन, मूल्यांकन र नियमनका अधिकार) समेत हस्तक्षेप गरिएको डा. श्रेष्ठ बताउँछन् । संविधानको कार्यविस्तृतीकरण प्रतिवेदनमा प्रदेशको एकल अधिकारमा रहेको भेटेरिनरी प्राविधिकहरूको दर्ता अनुमति, नवीकरण र खारेजी तथा नियमन गर्ने व्यवस्थासमेत घुमाउरो तरिकाले संघमै केन्द्रित गर्न लागिएको भन्दै विरोध सुरु भएको छ ।