मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २६ बिहीबार २०:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न चाहन्छ : मन्त्री बडू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २६ बिहीबार २०:४३:००

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताएका छन् । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले सरकारले निजी क्षेत्रसँग साझेदारीमा र पूर्ण विश्वासका साथ काम गर्न चाहेको बताएका हुन् ।  निजी क्षेत्रसँगको सहकार्यमा नै अहिलेको आर्थिक अवस्थालाई सुधार गर्न चाहेको उनको भनाइ थियो । 

मन्त्री बडूले सरकारले आफ्नो सीमाभित्र रहेर निजी क्षेत्रलाई सकेको सहयोग गर्न तयार रहेको बताए । अहिले सञ्चालनमा आएका उद्योगहरू पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको भन्दै औद्योगिक क्षेत्रलाई पूर्ण रूपमा चलाउन आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री बडूले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रले पनि देश विकासको लागि सरकारसँग मिलेर काम गर्न आग्रह गरे । ‘सरकार निजी क्षेत्रसँग साझेदारीमा काम गर्न चाहन्छ । निजी क्षेत्रले गरेको अपेक्षा पूर्ण रूपमा पूरा हुन्छ । निजी क्षेत्रसँग हामी पूर्ण विश्वास गर्न चाहन्छौँ । सरकार अहिलेको आर्थिक अवस्थालाई सुधार्न चाहन्छ । सीमाभित्र रहेर निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार छ,’ उनले भने । 

मन्त्री बडूले आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार अघि बढिरहेको दाबी गरे । निजी क्षेत्रलाई सरकार स्थानीय तहदेखि नै चलायमान गर्न र रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने काममा प्रतिबद्ध रहेको उनको भनाइ थियो ।