Skip This
स्विट्जरल्यान्डले रुसमा किभको प्रतिनिधित्व गर्न नसक्ने मस्कोको दाबी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format १९:२८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

स्विट्जरल्यान्डले रुसमा किभको प्रतिनिधित्व गर्न नसक्ने मस्कोको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२८:oo

मस्कोमाथि प्रतिबन्ध लगाउने बर्नको निर्णयको विरोध गर्दै रुसले स्विट्जरल्यान्डले आफ्नो तटस्थ हैसियत गुमाएको र रुसमा कूटनीतिक हैसियतले युक्रेनको प्रतिनिधित्व गर्न नसक्ने बताएको छ। स्विजरल्यान्डले बुधबार युक्रेनले बर्नलाई रुसमा प्रतिनिधित्व गर्न आग्रह गरेको बताएको हो।

'स्विट्जरल्यान्डले आफ्नो तटस्थ हैसियत गुमाएको छ र मध्यस्थता वा हितको प्रतिनिधिको रूपमा काम गर्न सक्दैन,' रुसी विदेश मन्त्रालयका प्रवक्ता इभान नेचायेभले पत्रकारहरूबीच बताएका छन् ।

प्रवक्ता नेचायेभले स्विट्जरल्यान्डले किभ सरकारलाई समर्थन गर्दै आएको र रुसमाथि प्रतिबन्ध लगाएको बताएका हुन्। यस्तो व्यवहारबाट कसरी मध्यस्थता, प्रतिनिधित्व वा अन्य सद्भावनाका व्यवहार देखिन्छन्, यो पूर्णतया बुझ्न नसकिने कुरा हो,' उनले थपे।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएदेखि नै तटस्थताका लागि स्विट्जरल्यान्डले कूटनीतिक सहयोग प्रदान गर्न र अन्य किसिमका सेवा गर्नसमेत तयार रहेको बताएको छ। रुसमाथि प्रतिबन्ध लगाउने छिमेकी युरोपेली युनियनलाई पछ्याउने बर्नको निर्णयबाट मस्को आक्रोशित छ।