मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय अनुसन्धानमा एआइजीको दरबन्दी थपेर २ जनाको बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार १९:१०:००

राष्ट्रिय अनुसन्धान विभागमा एआइजीसरहको अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक पदमा सरकारले एक दरबन्दी थपेर दुईजनाको बढुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले अनुसन्धान निर्देशकद्वय हुतराज थापा र ओम जोशीको बढुवा गरेको हो। 

विभागमा गत वैशाखदेखि नै अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक पद रिक्त थियो। कसलाई बढुवा गर्ने भन्ने विषयमा विवाद हुँदा पद लामो समय रिक्त भएको थियो। सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी एक पद थप गरेको थियो। हाल बढुवा भएका दुईमध्ये एकजना एक महिनापछि विभागको प्रमुख अनुसन्धान निर्देशक बन्नेछन्।