१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत ८ शुक्रबार ०९:५४:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्सेको १४ दिने आरएसआई ५१ दशमलव ५७ स्केलमा

Read Time : > 3 मिनेट
२०७५ चैत ८ शुक्रबार ०९:५४:००

नेप्सेको प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई बिहीबार ५१ दशमलव ५७ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : यस दिन नेप्सेको एडी रेसियो शून्य दशमलव ३२ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । कारोबारमा आएका १ सय ७१ कम्पनीमध्ये यस दिन ३६ कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय ११ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २४ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 


नेप्सेको यस दिनको पिभट बिन्दु १ हजार १ सय ४३ दशमलव ४९ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ३६ दशमलव ६८ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ३२ दशमलव ७७ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, आइतबार बजार उकालो लागे नेप्सेले १ हजार १ सय ४७ दशमलव ४० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ५४ दशमलव २१ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

आशाको सेयरमूल्यमा सर्किट ब्रेक
यस दिन पनि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सर्किट ब्रेक लागेको छ । यस दिन सो कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेर सर्किट लागेको हो । सो कम्पनीको सेयरमूल्य यस दिन ४६ रुपैयाँ बढेर ५ सय १० मा अन्तिम कारोबार भएको छ । भार्गव विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ३ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर भने यस दिन ३ प्रतिशतभन्दा कम रहेको छ । यस दिन ग्लोबल आइएमई लघुवित्त, उन्नति माइक्रो फाइनान्स र किसान माइक्रो फाइनान्सको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । नागबेली लघुवित्त विकास बैंकको सेयरमूल्य भने यस दिन ४ दशमलव ६८ प्रतिशत घटेको छ ।  

एनएलआइसीकोसर्वाधिक कारोबार
कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेड अगाडि रहेको छ । सो बिमा कम्पनीको यस दिन २ करोड ४ लाख ४२ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन ग्लोबल आइएमईको संस्थापक सेयर अगाडि रहेको छ । सो बैंकको यस दिन १ अर्ब ८२ करोड रुपैयाँबराबरको १ लाख ५ हजार १ सय २० कित्ता संस्थापक सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा यस दिन पनि अपर तामाकोसी हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ३ सय ४६ पटक सेयर कारोबार भएको छ ।
 
४ समूह बढ्यो, ७ को घट्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ७ समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव १९ प्रतिशत, अन्य समूहको शून्य दशमलव ११ प्रतिशत, होटेल र उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ । 

निर्जीवन बिमा समूहको परिसूचक यस दिन १ दशमलव २७ प्रतिशत घटेको छ । त्यसैगरी, व्यापार समूहको परिसूचक १ दशमलव १३ प्रतिशत, जीवन बिमा समूहको १ दशमलव शून्य ५ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७५ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ७२ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ४५ प्रतिशत र वित्त समूहको शून्य दशमलव २२ प्रतिशत घटेको छ ।  

 एसियनको १ः०.६ हकप्रद
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २५ गतेदेखि १ बराबर शून्य दशमलव ६ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो हकप्रद सेयरमा फागुन २१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

निष्कासन बन्द ०७६ वैशाख २९ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले एनआइबिएल एस क्यापिटल, एसियन लाइफ इन्स्योरेन्सका केन्द्रीय तथा शाखा कार्यालयहरू र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ नेपालले सो हकप्रद सेयरलाई ‘केयर एनपी आइपिओ ग्रेड थ्री’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतमा रहेको संकेत गर्छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४ सय ५४ रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७ सय २७ दशमलव शून्य ४ पुग्नेछ ।

 त्रिशूलीको आइपिओ निष्कासन खुला
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले चैत ७ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । यो सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गतको आयोजना हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । तर, हाल कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम भुक्तानी माग गरेको हो । अर्थात्, हाल लगानीकर्ताले प्रतिकित्ता १० रुपैयाँमा आवेदन दिन सक्नेछन् । चुक्ता हुन बाँकी रकम कम्पनीले पछि नियमानुसार माग गर्नेछ । 

निष्कासन गरिएको कुल सेयरमध्ये २ लाख ११ हजार १ सय ५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा वैशाख ६ गते हुनेछ ।

लगानीकर्ताले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस आइपिओमा सर्वसाधारणबाहेक अन्य समूहहरूले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ । कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको लागत प्रतिमेगावाट २२ करोड २३ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

सेयर निष्कासन गरिएको अवधिबाट साधारण लगानी फिर्ता हुने अवधि ७ दशमलव ९५ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ११ दशमलव ८२ वर्ष रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

 सेञ्चुरीको लाभांश
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ६ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । चैत ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस सेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने निर्णय गरेको हो । आगमी वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।