मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ११:२६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

थुम्केलीका  ‘लोककलाकारको जीवनी’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ११:२६:००

कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले लेखेको ‘लोककलाकार जीवनी’ पुस्तक सार्वजनिक भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तक विमोचन गरेका हुन् । प्रतिष्ठानको लोककला विभागले प्रकाशन गरेको यस कृतिमा लोककलामा काम गर्ने एक दर्जनबढी प्रचलित कलाकारको जीवनी समेटिएको छ । 

कार्यक्रममा प्रतिष्ठानका कुलपति कर्माचार्यले पुस्तकले नेपालका लोककलाकारलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । राजनीतिज्ञ एवं भाषाविद् डा. गोपाल ठाकुरले कलाले मानिसलाई समृद्ध र वैभवशाली बनाउने बताए । यस्तै नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले लोककलाको बृहत् पाटोलाई अझै गहन रूपमा ल्याउनुपर्ने विचार व्यक्त गरे । पुस्तकका लेखक देवेन्द्र थुम्केलीले पुस्तकमा नेवार, अवधी, मिथिला, थारू र राजवंशी लोककलामा काम गर्ने कलाकारबारे लेखेको बताए । 

उनले नेपाली लोककला क्षेत्रमा विशिष्ट कलाकार धेरै भए पनि एउटै पुस्तकमा सबैलाई स्थान दिन नसकिएको जनाए । थुम्केलीले आगामी संस्करणमा लोककलाकारका बारेमा कलम चलाउने प्रतिबद्धता जनाए । पुस्तकमा शारदा चित्रकार, जितबहादुर रायमाझी ‘मैथिल’, जुलुमलाल चित्रकार, सूर्यबहादुर चित्रकार, श्यामानन्द ठकुरी, अजितकुमार साह, मिथिलादेवी यादव, एससी समुन, सीतादेवी कर्ण, लक्ष्मण मण्डल, पवनकुमार राजवंशी, पुनमकुमारी दास र मित्थु थारूको जीवनीसहित कलाकृतिको चर्चा गरिएको छ ।