१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रतिनिधिसभा बैठक । तस्बिर : नयाँ पत्रिका अर्काइभ
यम बम काठमाडौं
२०७९ श्रावण २५ बुधबार १९:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसदले सदन ‘बंक’ गर्दा कानुन बनाउन लगातार बाधा

निर्णयार्थ पेश गरिएकाे काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक फेरि राेकियाे

Read Time : < 1 मिनेट
यम बम, काठमाडौं
२०७९ श्रावण २५ बुधबार १९:४६:००

तीन वर्षदेखि संसदमा अड्किएको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक अन्तिम समयमा आएर फेरि रोकिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बुधबारको प्रतिनिधिसभा बैठकमा पेस गरेको संशोधन बुँदा विधेयकको अंग बनोस् भनी सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए । तर, गणपूरक संख्या नपुगेपछि विधेयक पास हुन सकेन । 
सभामुखले निणयार्थ पेस गर्दा नेमकिपा सांसद प्रेम सुवालले बैठकमा गणकपूरक संख्या नभएको भन्दै यकिन गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले गणना गराउँदा जम्मा ६० सांसद थिए । 
बैठकमा कम्तीमा ६९ सांसद आवश्यक पर्थ्यो । त्यसपछि सभामुखले तीन मिनेट घण्टी बजाएर सांसदको संख्या गणना गर्न लगाएका थिए । तर, त्यसपछि पनि आवश्यक गणपूरक संख्या भएन । जम्मा ६६ सांसद मात्र उपस्थित रहेको पाइएपछि सभामुख सापकोटाले काठमाडौं उपत्यका यातायात प्राधिकरण विधेयक पारित गर्नेलगायत बाँकी कार्यक्रम सूचीबाट हटाए ।
अब प्रतिनिधिसभाको अर्काे बैठक २९ साउन बिहान ११ बजे बस्नेछ ।
प्रतिनिधिसभाले बुधबार नै शपथसम्बन्धी विधेयक र तथ्यांक विधेयक पारित गरेको थियो ।