मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण २५ बुधबार १९:३५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कुलमानको नेतृत्वमा प्राधिकरणले गर्यो १६ अर्ब नाफा

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार १९:३५:००

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षको खुद नाफा १६ अर्ब ९ करोड पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६४ प्रतिशतले बढी हो । प्राधिकरणले आर्थिक वर्ष ०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा  कमाएको थियो । 
प्राधिकरणको आम्दानी भने एक खर्ब रुपैयाँ नाघेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । योसँगै प्राधिकरण सबैभन्दा बढी नाफा र आम्दानी गर्ने सार्वजनिक संस्था बनेको छ । 
‘यसबीचमा विद्युत् खपत र विद्युत् निर्यात बढ्यो । साथै, प्राधिकरणका स्वामित्वका आयोजनाबाट हुने विद्युत् उत्पादन पनि करिब १६ प्रतिशतले वृद्धि भयो,’ घिसिङले भने, ‘यसका अलावा विद्युत् चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो ।’
आव ०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा भने निरन्तर नाफामा छ  ।