१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ८ शुक्रबार १०:३७:००
Read Time : < 1 मिनेट
सप्तरंग

कंगनासँग छैन जन्मदिनको विशेष योजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ८ शुक्रबार १०:३७:००

 

कंगना रनौत बलिउडका सफलमध्येमा पर्ने अभिनेत्री हुन् । उनको हालै रिलिज भएको फिल्म ‘मणिकर्णिका’ले खुब प्रशंसा पायो । बोल्ड शैलीमा प्रतिक्रिया दिनका लागि चर्चित कंगनाको यही मार्च २३ मा जन्मदिन छ । 

तर, यसपटक जन्मदिनमा उनले कुनै विशेष योजना बनाएकी छैनन् । उनी अहिले पूर्ण रूपमा काममा केन्द्रित छिन् । जन्मदिनमा पनि उनी सुटिङमै हुनेछिन् । उनी आफ्नो फिल्म ‘मेन्टल है क्या’सँग जोडिएको एक अभियानको सुटिङमा व्यस्त छिन् । २३ मार्चमा ‘मेन्टल है क्या’ र त्यसपछि अश्विनी अय्यरको फिल्म ‘पंगा’को सुटिङमा व्यस्त हुँदै छिन् । यी फिल्मको सुटिङ दिल्ली र कोलकातामा हुँदै छ । 

फिल्मनिर्माता एकता कपुरले उनलाई ‘मेन्टल है क्या’का लागि स्पेसल अभियानको भिडियो सुट गर्ने प्रस्ताव राखेकी हुन् । यसअघि उनी जन्मदिन आफू जन्मेको घरमा मनाउने मुडमा थिइन् । तर, अभियानको सुटिङलगत्तै फिल्म पंगाको सुटिङ गर्नुपर्ने भएकाले कुनै विशेष योजना बनाइनन् । कंगना २३ मार्चमा ३२ वर्ष पुग्दै छिन् ।