१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्बिर : एनडिटिभी
२०७९ श्रावण २५ बुधबार १७:४२:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

बिहारको मुख्यमन्त्रीका रुपमा नितिशकुमारले लिए आठौँ पटक शपथ 

Read Time : > 1 मिनेट
२०७९ श्रावण २५ बुधबार १७:४२:००

बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा आज शपथ लिएका छन् । मुख्यमन्त्रीका रुपमा उनले आठौँ पटक शपथ लिएका हुन् । भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर यादव पुनः मुख्यमन्त्री बनेका हुन् । सातदलीय महागठबन्धनको मंगलबारको बैठकले उनलाई नै उक्त पदका निम्ति चयन गरेको थियो । तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा यादव आठौँपटक सत्तामा उक्लिएका हुन् । 

राष्ट्रिय जनता दलका नेता यादवले पनि बुधबार नै राज्यको उपमुख्यमन्त्रीको रुपमा शपथ लिएका छन् । जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् ।

बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई एकसय ६४ जना विधायकको समर्थन रहेको छ । शपथ ग्रहणपछि सञ्चाकर्मीहरुले सन् २०२४ मा प्रधानमन्त्रीको उम्मेदवारीबारे नितिशकुमारसँग जिज्ञासा राखेका थिए । ‘२०१४ मा आएकाले २०२४ मा जित्छन् कि जित्दैनन् होला ? भन्ने प्रश्न पो सोध्नुपर्ने हुन्छ’, उनकाे प्रतिक्रिया थियाे । 

भाजपाले भने नितिशकुमारको निर्णयको विरोधमा पटनामा बृहत विरोध प्रदर्शन गरेको छ । भाजपा बिहार प्रमुख डा सन्जय जैसवालले बिहारका जनताले नितिशकुमारलाई कहिल्यै क्षमा नदिने प्रतिक्रिया दिएका छन् । भाजपाका अनुसार नितिशकुमार भारतको उपराष्ट्रपनि हुन चाहान्थे । तर, भाजपाले उनको प्रस्तावलाई अस्विकार गरेपछि उनले गठबन्धन तोडेको भाजपाको आरोप छ । 

बिहारका निवर्तमान उपमुख्यमन्त्री तारकिशोर प्रसादले भाजपाका अमित शाहले नितिशकुमारसँग गठबन्धन जोगाउनेबारे छलफल गरेपनि उनले गठबन्धनलाई विश्वास नगरेर निर्णय गरेको बताएका छन् । संघ सरकारका गृहमन्त्री तथा भाजपाका रणनीतिकार मानिने शाहले महाराष्ट्र मोडेल दोहो¥याउन लागेपछि नितिशकुमारले गठबन्धन तोडेका हुन् । महाराष्ट्रमा उद्धव थाक्रे नेतृत्वको सरकार गिराएका शिव सेनाका एकनाथ सिन्धेलाई भाजपाले मुख्यमन्त्री बनाएको थियो ।