१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल
२०७५ चैत ८ शुक्रबार १०:०१:००
Read Time : > 3 मिनेट
फिचर

हिउँमा टोयोटाको लस्कर 

Read Time : > 3 मिनेट
नवीन अर्याल
२०७५ चैत ८ शुक्रबार १०:०१:००

आँखाले देखिनेजति ठाउँ हिउँको पछ्यौरीभित्र छ । सेताम्मे हिउँबीच काला धर्सा छन् । त्यही धर्सामा गन्तव्य पछ्याउँदै कुदिरहेका छन्, टोयोटा गाडी । डेस्टिनेसन मुक्तिनाथ । सातवटा टोयोटा रसलाई दुईवटा हाइलक्सले स्कर्टिङ गरिरहेका छन् । हिउँ छिचोल्दै उकालो चढिरहँदा लागिरहेको छ, स्वर्ग जाने बाटो यही हो ।

मुस्ताङको मौसम खुलेको छ । घाम झलमल्ल छ । चाँदीजस्तै टल्किएको हिउँले उत्साह भरिरहेको छ । हिउँले भरिएको सडकमा चारवटा चक्का अटाउने मात्र खाली ठाउँ छ । हिउँ पन्छाउँदै हिँड्दा लाग्थ्यो, हामी कुनै फिल्मका लागि लोकेसन बनाइरहेका छौँ । 
वरिपरि हिउँ नै हिउँ, फोटो खिच्नका लागि ठाउँ हेर्न पर्दैन । जहाँ उभिएर खिचे पनि हुन्छ । जसरी खिचे पनि हुन्छ । जस्तो खिचियो, त्यही नै पोज । खासमा हिउँले हाम्रो कृत्रिमतालाई पूर्ण रूपमा ढाकिदिएको छ । 

आकाशबाट हिउँ थपिँदै जान्छ । लाग्छ, पृथ्वी पूर्ण रूपमा सेतो छ । हिउँ पन्छाउँदै मुक्तिनाथ उक्लिँदा रोमाञ्चक अनुभूति भएको हो । अब फर्कन थाल्दा भने डरले मन कालो भएको छ । निरन्तर खसिरहेको हिउँले ‘टोयोटा -याली’ सडकमै अलपत्र रोकिन सक्छ ।

लेतेबाट कालिगण्डकी किनार हुँदै मुक्तिनाथ पुग्दा यात्रा निकै रोमाञ्चक भयो । कालिगण्डकीको फराकिलो फाँटले पनि उत्तिकै तानिरहेको थियो । कागबेनीबाट उकालो लागेपछि सामना गर्नुपरेको हिउँले यात्रालाई झनै रमाइलो बनाइदियो । बिहान ९ बजे मुस्ताङ लेतेबाट निस्किएको हो, टोयोटाको लावालस्कर । जोमसोममा खाना खाएर मुक्तिनाथ पुग्दा दिउँसोको ३ बजिसकेको थियो । नौवटा टोयोटा काठमाडौंबाट ४०६ किमि यात्रा गरेर तेस्रो दिन मुक्तिनाथ पुगेको छ । 

मुक्तिनाथ दर्शन गरेर लेते फर्किनु छ । दिन ढल्किँदै छ । तर, कुनै फिक्री छैन । हिउँको थुप्रोमा फोटो खिच्न भ्याइनभ्याई छ । एक्कासि मौसममा परिवर्तन आउँछ । दक्षिणतर्फ अँध्यारो हुन्छ । आकाशबाट हिउँ थपिँदै जान्छ । लाग्छ, पृथ्वी पूर्ण रूपमा सेतो छ । हिउँ पन्छाउँदै मुक्तिनाथ उक्लिँदा रोमाञ्चक अनुभूति भएको हो । अब फर्कन थाल्दा भने डरले मन कालो भएको छ । निरन्तर खसिरहेको हिउँले ‘टोयोटा ¥याली’ सडकमै अलपत्र रोकिन सक्छ । डरकै बीच हतार–हतार गाडी चढेर कागबेनी, जोमसोम हुँदै लेते पुगियो । कालापानी गेस्टहाउसमा सुस्ताउँदा घटनाहरू रिलझैँ दिमागमा घुमिरहे । 
यो ‘टोयोटा रस’ले जुराएको यात्रा हो । टोयोटाले ‘एड्भेन्चर टुर’ आयोजना गरेको थियो । टोयोटालाई ‘कम्प्याक्ट एसयुभी टु ह्विलर’ अफरोडमा पनि सजिलै कुदाउन सकिन्छ भन्ने प्रमाणित गर्नु थियो । यसका लागि मुस्ताङ नै उपयुक्त गन्तव्य थियो । मलाई भने केही प्रमाणित गर्नु थिएन, प्रकृतिलाई नजिकबाट नियाल्नु थियो । 

प्रायः मुस्ताङ जाने  गाडी २५ सय सिसीमाथिका ‘फोर ह्विलर’ हुन्छन् । हुन पनि बेनीबाट उकालो लागेपछि भेटिएका अधिकांश गाडी फोर ह्विलर थिए । तर, हामी चढेका १५ सय सिसीका टोयोटा सजिलै गन्तव्य पुगेर फर्किए । 

‘रस टु मुस्ताङ रोड सो’का लागि यात्रा काठमाडौंबाट सुरु भयो । धुम्बाराहीस्थित टोयोटाको अफिसमा छन्, १५ सय सिसीका ‘टु ह्विलर’ रस । प्रायः मुस्ताङ जाने २५ सय सिसीमाथिका ‘फोर ह्विलर’ गाडी हुन्छन् । हुन पनि बेनीबाट उकालो लागेपछि भेटिएका अधिकांश गाडी फोर ह्विलर थिए । तर, हामी चढेका १५ सय सिसीका टोयोटा सजिलै गन्तव्य पुगेर फर्किए । रसको ‘ग्राउन्ड क्लियरेन्स’ (भुइँबाट गाडीको उचाइ) २२० मिलिमिटर हुनाले मुस्ताङसम्म सजिलै पुग्न सक्छन् ।  त्यसो त धुम्बाराहीबाटै रसलाई ‘स्कर्टिङ’ सुरु भइसकेको थियो । स्कर्टिङमा थिए, टोयोटाकै दुईवटा ‘फोर ह्विलर हाइलक्स’ । पहिलो दिनको विश्राम पोखरा । दोस्रो दिन बिहान ५ बजे नै टोयोटाका लस्कर मुस्ताङको लेतेलाई गन्तव्य बनाएर अघि बढे । 

कालिगण्डकी करिडोर स्तरोन्नति भइरहेको छ । यात्रा ‘टाइम कार्ड’ले नियन्त्रण गर्छ । बिहान ११ बजेसम्म बेनी र ६ बजेसम्म घाँसामा जाममा परिन्छ । 
म्याग्दी गलेश्वर कटेपछि अप्ठ्यारो बाटो सुरु हुन्छ । सडक साँघुरो र उकालो छ, भिरैभिर । सडकमा ठूल्ठूला ढुंगा र खाल्डा छन् । गाडी ठोक्किने हो कि भन्ने डरले मन झसंग भइरहन्छ । गाडीले नतान्ने हो कि भन्ने डर पनि उत्तिकै । यसअघि टिभीमा मात्र देखिएका भिरबाट गाडी गुडिरहेका छन् । सातसिटे गाडीमा चालकसहित चारजना छौँ । भीमकाय भिर छिचोल्दै गर्दा ‘एडभेन्चर टुर’को अनुभव भइरहेको छ ।
म्याग्दीको रुपसे झरना आइपुगियो । सुकेर सानो भइसकेको छ । तर, फोटो खिच्ने भीड बाक्लै छ । अगाडि बढेपछि आँखैअगाडि नीलगिरि, धौलागिरि, अन्नपूर्ण फस्ट हिमाल देखिन थाले । नजिकै हिमाल देख्न पाउँदा मन फुरुंग भइरहेको छ । हिमाल नियाल्दै मुस्ताङको लेते पुगिसक्दा झमक्क साँझ 
परिसकेको छ ।

लेते गाउँ अन्नपूर्ण, नीलगिरि र धौलागिरि हिमालको बीचमा छ । नजिकै कालिगण्डकी बगिरहेको छ । बिहान उठेर नजर घुमाउँदा गगनचुम्बी हिमालले स्वागत गरे । हाम्रो यात्रा बिहान ८ बजेतिर लेतेबाट मुक्तिनाथतिर बढ्यो । कालिगण्डकीको फराकिलो बगरमा गाडी गुड्दाको मज्जा बेग्लै । गाडी ८०–१०० को गतिमा दौडिरहेका छन् । फोटो र भिडियोको टिमलाई योभन्दा राम्रो लोकेसन अर्को कहाँ हुन्थ्यो र ! 
जोमसोम पुग्दा हावाले उडाउलाझैँ भयो । जोमसोममा खाना खाएर कालिगण्डकी किनारैकिनार कागबेनी हुँदै मुक्तिनाथ पुग्यौँ । केही बेरअघि टाढाबाट देखेको हिउँले अब बाटो छेक्न थाल्यो । 
अपर मुस्ताङसम्म पुग्ने योजना थियो । तर, बाक्लो हिउँले मुक्तिनाथ पुग्नै हम्मे भयो । योजना बदलियो । चौथो दिन दुम्बा तालमा छौँ । जोमसोमपारिको दुम्बा ताल हिउँदमा जम्छ । अहिले भने तालको हिउँ पग्लिसकेको छ । 

अपर मुस्ताङसम्म पुग्ने योजना थियो । तर, बाक्लो हिउँले मुक्तिनाथ पुग्नै हम्मे भयो । योजना बदलियो । 

तीन हजार मिटरमा रहेको दुम्बा ताल पुग्दा थकित भइसकेका थियौँ । बाटो अप्ठ्यारो र साँघुरो । तर, हरियो ताल देख्नेबित्तिकै थकान पनि हरायो । दुम्बा तालबाट जोमसोम फर्किएर हिमालयन जाभामा कफी पिउनु अर्को आनन्द । हामी राति करिब ८ बजेतिर लेतेको कालापानी होटेल फर्कियौँ । 
हाम्रो मुस्ताङको यात्रा सकियो । भोलि बिहानै पोखराका लागि बाटो तताउनु छ । काठमाडौंबाट पोखरा हुँदै मुस्ताङ पुगेर फेरि काठमाडौं फर्किंदा ८९५ किमि यात्रा पूरा भयो । टोयोटाको ‘टु ह्विलर’ रसले आफूलाई अफरोड गाडी प्रमाणित ग¥यो ।