मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २५ बुधबार ०७:३१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलाडीलाई पौष्टिक आहारा वितरण

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार ०७:३१:००

 नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई गण्डकी प्रदेश सरकारले पौष्टिक आहारा वितरण गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनीहरूलाई पौष्टिक आहारा वितरण गरेको हो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले एक सय ५० जना खेलाडीलाई पौष्टिक आहारा वितरण गरेका थिए । खेलाडीहरूको हौसला बढाउने उद्देश्यले पौष्टिक आहारा वितरण गरेको मन्त्री गुरुङको भनाइ छ । नवौँ खेलकुदमा छनोट हुने प्रदेशका खेलाडीका लागि मन्त्रालयले हाई अल्टिच्युड तालिमको व्यवस्था गर्ने मन्त्री गुरुङले बताएका थिए ।

यसैबीच गण्डकी प्रदेशबाट युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम– ०७८ बाट पर्वतको मोदी गाउँपालिका प्रथम भएको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आवश्यक मापदण्ड पूरा गरी प्रदेशमा प्रथम हुँदै नगद पाँच लाख पुरस्कार प्राप्त गर्‍यो । यस कार्यक्रममा जम्मा चारवटा पालिका मात्रै सहभागी थिए । 

आफ्नै भवनमा खेलकुद परिषद्
गण्डकी प्रदेश खेलकुद परिषद्को आफनै प्रशासनिक भवन तयार भएको छ । पोखरा रंगशालामा निर्माण सम्पन्न भएको भवनको मन्त्री गुरुङले उद्घाटन गरेका हुन् । प्रदेश सरकारको बहुवर्षे योजनाअन्तर्गत करिब ९६ लाख लागतमा भवन निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।