मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २४ मंगलबार ११:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाको ताँजाकोट गाउँपालिका बत्तीले झिलिमिली

Read Time : < 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार ११:२०:००

हुम्लाको दक्षिणी भेगमा पर्ने ताँजाकोट गाउँपालिकामा दुई सय ५६ दिनमै बिजुली बलेको छ । कर्पुखोला लघु जलविद्युत् आयोजना दुई सय ५६ दिनमै निर्माण भएपछि गाउँपालिका झिलिमिली भएको हो । एक सय किलोवाटको बिजुली उत्पादन भएसँगै ताँजाकोट गाउँपालिकाका नाै सय घरधुरी लाभान्वित भएका छन्।

बेलायती सेनाको सहयोगार्थ सञ्चालित कादुरी एग्रिकल्चरल एसाेसिएसन ब्रिटिस गोर्खाजको सहयोगमा दुई सय ५६ दिनमै बत्ती निर्माण भएपछि ताँजाकोट झिलिमिली भएको वडा नम्बर- ४ का वडाध्यक्ष राजबहादुर बोगटीले जानकारी दिए ।

यस आयोजनाको ०७७  कात्तिकमा सर्वेक्षणको काम सुरु भएको थियो भने ०७८ को कात्तिकबाटै निर्माण कार्य सुरु भएको वडाध्यक्ष बोगटीले बताए । ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ३ को मासपुर गाउँबाहेक सबै गाउँमा झिलिमिली बत्ती बलेसँगै स्थानीय खुसी भएको वडाध्यक्ष बोगटीले जानकारी दिए ।