१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण २४ मंगलबार ०६:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

परवानीपुर र सिमरामा भायानेटको नयाँ शाखा

Read Time : < 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार ०६:१७:००

नेपालभरि नै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा विस्तार गर्ने क्रममा भायानेट कम्युनिकेसन लिमिटेडले बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ । शाखा सञ्चालनसँगै भायानेटका योजनाहरूबाट अब परवानीपुर र सिमराका सर्वसाधारण पनि लाभान्वित हुने भएका छन् ।

नयाँ शाखा सञ्चालनको अवसर पारेर कम्पनीले परवानीपुर र सिमरामा आफ्नो अल्ट्राफाई प्याकेजमा चार महिनासम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको जनाएको छ । साथै, यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाई डिभाइस र भायाटिभीको प्राइमरी सेटअप बक्स इन्स्टलेसन पनि निःशुल्क पाउने जनाइएको छ । यो सुविधा सीमित अवधिका लागि ल्याएको कम्पनीले जनाएको छ । भायानेट सिमराको सर्भिस सेन्टर सिमरा बिजनेस सेन्टरको पहिलो तलामा र परवानीपुर सर्भिस सेन्टर भने परवानीपुर राजमार्गछेउको निराधान माइक्रो फाइनान्स नजिक रहेको जनाइएको छ । 

भायानेटले नेपालमा पहिलोपटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनी भएको दाबी गरेको छ । त्यस्तै, सन् २०१६ मा यसले नेपालमा पहिलो आइपी टिभी सेवाको पनि शुभारम्भ गरेको जनाइएको छ । तीव्र गतिको स्तरीय इन्टरनेट सेवाप्रदायकका रूपमा भायानेट आइएसओ ९००१ः२०१५ प्रामाणिक कम्पनी रहेको उल्लेख छ ।

 कम्पनीले ग्राहकलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियनाजस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्रान्डहरूसँग सहकार्य गरेको जनाएको छ । ब्रोडब्यान्ड सेवासँगै भायानेटले पछिल्लो समय अल्ट्राफाईजस्ता योजनाहरूमार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै एक सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभी सञ्चालन गरिरहेको छ ।