१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार ०९:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघ र प्रदेश निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार ०९:५१:००

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दै छ । आज दिउँसो निर्वाचन आयोग पुगेर एमालेले दल दर्ताका लागि निवेदन दिने भएको हो । आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ ।

दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेताहरू आयोग जाने जनाइएको छ । 

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरु गरिसकेको छ ।