मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ८ शुक्रबार ०८:३१:००
Read Time : < 1 मिनेट
सप्तरंग

हलमा कागजपत्र, प्रेमलीला र एलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ८ शुक्रबार ०८:३१:००

आज शुक्रबार एकसाथ तीन नेपाली फिल्म- कागजपत्र, प्रेमलीला र एलान प्रदर्शन भएका छन् । अस्ट्रेलिया जानका लागि नक्कली बिहेलगायतका अनेक हर्कत गर्ने नेपाली युवायुवतीको विषयलाई हास्यरस भरेर निर्माण गरिएको कागजपत्र अपिल विष्टले निर्देशन गरेका हुन् । 

फिल्ममा भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, नाजिर हुसेन, लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतका कलाकारले अभिनय गरेका छन् । सुरज अधिकारी, खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटी निर्माता रहेको फिल्मको बिहीबार साँझ राजधानीमा प्रिमियर गरिएको थियो । फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको छ । 

त्यसैगरी, प्रेम नामक भारतीय युवा र लीला नामक नेपाली युवतीको प्रेमकथामा निर्माण गरिएको प्रेमलीला पूर्वघोषित माघ २५ र फागुन १० को मितिमा दर्शकमाझ आएन । आजदेखि प्रदर्शनमा आएको फिल्ममा दीपशिखा खड्का, मौसम खड्का, अलि खान, प्रभाकर शर्मा, ट्विंकल श्रीवास्तवलगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेत्री दीपशिखा आफैँले निर्माण र लेखन गरेको फिल्ममा निर्देशकको नामै उल्लेख गरिएको छैन । निर्देशकसँग मनमुटाव भएका कारण निर्मात्री दीपशिखाले फिल्मबाट नाम हटाएकी हुन् । पहिला यो फिल्मको निर्देशकमा जनक पाण्डेको नाम थियो । फिल्मका निर्मातामा फैजल फिल्मस् र नानीमैया कार्की छन् । 

एलान नामक फिल्म सिंगल थिएटरका केही हलमा प्रदर्शन भएको छ । सरोज शर्माले वितरण गरेको फिल्ममा जयकिसन बस्नेत, ध्रुव कोइराला, सीमा केसीलगायतले अभिनय गरेका छन् । बिएस बलामीले निर्देशन गरेको फिल्मको कार्यकारी निर्मातामा मीना खड्का छिन् ।