१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण २४ मंगलबार ०६:५७:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

मुस्लिम समुदायमा ताजियाको तामझाम

Read Time : < 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार ०६:५७:००

मोहरमका अवसरमा इस्लाम धर्मावलम्बीले आयोजना गर्ने ताजिया (दाहा) मेलाले तराई मधेसका जिल्लामा रौनक छाएको छ । धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत हसन र हजरत हुसेनको सम्झानामा मुस्लिम सामुदायले इस्लामिक महिना मोहरममा ताजिया(दाहा) मेलाको आयोजना गर्छन् । दाहा मेला मुस्लिम समुदायले लगाए पनि त्यसमा हिन्दू समुदायका मानिसको समेत उल्लेखनीय सहभागिता हुन्छ ।

जनकपुरधाम उपमहानगरपालिकाको बन्धी, पिपरा गाउँपालिकाको हर्दिया, लक्ष्मीनिया गाउँपालिकाको गजरिया, महोत्तरीको धवौलीलगायत स्थानमा ठूला दहा (ताजिया) मेलाको आयोजना गरिएको छ । नेपाल, भारत, पाकिस्कतान, बंगलादेशसहितका देशमा ताजिया बनाउने चलन छ । 

दाहा मेलामा मुस्लिम समुदायका युवाले विभिन्न प्रकारका कलात्मक खेल प्रदर्शन गर्छन् भने महिलाले हसन हुसेनको सम्झनामा गीत गाउँछन् । पछिल्लो समय महिलाले गीत गाउने चलन भने हराउँदै गएको छ । मेलाको अन्तमा राम्रो खेल प्रदर्शन गर्नेलाई तक्मा (सिल्ड) वितरण गरिन्छ ।

मोहरम महिनाको ९औँ दिन खेलाडीहरूले अन्य गाउँमा गएर खेल प्रदर्शन गर्छन् । दोस्रो दिन आफ्नै गाउँका मैदानमा खेल तमासा गर्छन् । सो स्थानलाई मुस्लिमहरूले करवला भन्ने गर्छन् । करवलामा दुई वा दुईभन्दा बढी ताजियाको मिलन अर्थात् जोरा लगाइने चलन छ । इस्लामिक क्यालेन्डरअनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेन्डरअनुसार नयाँ वर्षको पहिलो महिना पनि हो ।