१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ श्रावण २३ सोमबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धारापानी गाउँमा ‘हाइभोल्टेज’, करेन्ट लागेर एकको मृत्यु, चार घाइते

Read Time : < 1 मिनेट
२०७९ श्रावण २३ सोमबार १३:५८:००

पर्वतको जलजला गाउँपालिका– ७ धारापानीमा ‘हाइभोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर आज बिहान एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । 

गाउँका करिब सय घरका विद्युतीय सामग्री जलेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शिवराज बुढाथोकीका अनुसार घटनामा परी स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु भएको छ । 

घाइतेहरूको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । घटनामा बाख्रा फर्मका १३ बाख्रा पनि मरेका छन् । 

मुख्य लाइन र घरघरमा वितरण गरिएको लाइनका तार एउटै पोलमा हुँदा एक–अर्कामा जोडिएर अत्यधिक बिजुली प्रवाह भएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रले बाँस ढलेर मेनलाइनको तार वितरण लाइनमा छोइँदा घटना भएको जनाएको छ । 

गाउँपालिका अध्यक्ष राजु आचार्यले अत्यधिक करेन्ट प्रवाह हुँदा दुई सयभन्दा बढी घरका मिटरबक्स र सबै वायरिङ जलेको जानकारी दिए ।