मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०८:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा दोहोरो अंकको वृद्धि कारोबार रकम भने आधा घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०८:४०:००

नेप्से परिसूचक आइतबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से सूचक १० दशमलव २७ अंकले बढेर दुई हजार एक सय २३ दशमलव ८२ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स तीन दशमलव ११ अंकले बढेर चार सय नौ दशमलव ५६ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १३ समूहका सूचकमध्ये जीवन बिमा समूहको सूचक घट्दा अन्य १२ समूहका सूचक भने बढेका छन् । होटेल तथा पर्यटन समूह र ट्रेडिङ समूहको सूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । विकास बैंक समूह, फाइनान्स समूह, ‘अन्य’ समूहको सूचक १ प्रतिशतभन्दा बढीले बढ्दा बाँकी अन्य समूहको सूचक सामान्य बढेको छ ।

कारोबारको सुरुदेखि बजार बन्द हुँदासम्म नेप्से सूचकमा तीव्र उत्तारचढाव आएको छ । लगानीकर्ता हतारिएर बजार प्रवेश गर्न पनि डराइरहेका छन् । अघिल्लो साता चार दिन लगातार करेक्सन आउँदा यस साताको पहिलो कारोबारका दिन हरियाली बन्न पुगेको छ । अहिलेको बजारलाई लिएर लगानीकर्ताले लामो करेक्सनपछिको झिनो बढाइ भनेर टिप्पणी गरिरहेका छन् । यद्यपि, बजार करेक्सन हुँदै जानु सकारात्मक मानिन्छ । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १९ कम्पनीको ६१ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो हप्ताको तुलनामा कारोबार रकम घटेको छ । अघिल्लो हप्ता चार अर्बमाथिको कारोबार हुँदै आएको थियो ।

 सर्वाधिक सेयर कारोबार हुनेमा शिवम् सिमेन्ट रहेको छ । शिवम्को सेयर कारोबार  दुई हप्तादेखि लगातार बढिरहेको छ । अघिल्लो हप्ता मात्र यस कम्पनीको सातामा एक अर्बमाथिको कारोबार भएको थियो । त्यस्तै, नबिल बैंकको १२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । बैंकले अन्य बैंकको तुलनामा सर्वाधिक नाफा आर्जन गरेको छ भने लाभांश दिन सक्ने क्षमता पनि बैंकको बढिरहेको हुँदा लगानीकर्ता नबिल बैंकको सेयरमा आकर्षित भएका हुन् ।