१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाइ हमलामा ध्वस्त संरचना । तस्बिर : एएफपी
२०७९ श्रावण २२ आइतबार २२:०८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायली हमलामा पिआइजेका वरिष्ठ कमान्डरको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ श्रावण २२ आइतबार २२:०८:००

दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा आफ्ना वरिष्ठ कमान्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ ।
नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौँसम्म खनेपछि मन्सुर र उनका धेरै साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 
इजरायल तथा गाजा क्षेत्रमा दुई दिनयता हिंसा भड्किएको छ । सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्यान गएको र अरू कैयौँ घाइते भएका छन् । गाजामा चर्किएको हिंसामा परेर २४ जना प्यालेस्टाइनी मारिएका समाचारमा जनाइएको छ । मारिनेमा ६ जना बालबालिका र दुईजना महिला पनि परेका छन् ।
यसअघि सन् २०२१ को मेमा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ युद्धविराम सम्झौता गरेर युद्ध रोक्ने पहल भएको थियो । त्यसपछि रोकिएको युद्ध पछिल्ला केही दिनमा पुनः सुरु भएको छ । 
इजरायलका सैनिक प्रवक्ता अबिचा आदरीले इजरायली सेनाले उक्त अतिवादी समूहलाई लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले दक्षिणी गाजा स्ट्रिपमा रहेको एक घरमा हमला गरेका थिए । उक्त हमलामा परेर केही प्यालेस्टाइनी मारिएका छन् र ३० जना घाइते भएका थिए । शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका सदस्यलाई पक्राउ गरेको थियो ।