१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार २०:३५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

भट्टराईको ‘लगाउने हो फन्को’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार २०:३५:००

पत्रकार चन्द्रमणि भट्टराई र सोना अमात्यको ‘लगाउने हो फन्को’ बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सोना अमात्य युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा व्यवहारमा बाँधिएर स्वच्छन्दताको कम अनुभूति गर्न पाएका महिलाहरूलाई खुलेर नाच्न आग्रह गरिएको छ ।  

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सोना अमात्य, शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूर्णिमा बानियाँ, सब्बु राना बमलगायत कलाकारको अभिनय छ । भट्टराईको शब्द, डेनी निरौलाको संगीत र सोना अमात्यको स्वरमा रहेको गीतलाई पारिवारिक परिवेश र सामाजिक कथामा खिचिएको छ । गीतको संगीत संयोजन योगेश काजीले तथा मिक्सिङ पवन विश्वकर्माले गरेका हुन् । 

सुबोल थापाको सहनिर्देशन रहेको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन तथा नवीन निरौलाले सम्पादन गरेका हुन् ।