मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७९ श्रावण २२ आइतबार १६:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एक व्यक्तिको मृत्यु

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७९ श्रावण २२ आइतबार १६:११:००

रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका– १ का ४० वर्षीय सुवर्ण सुनारको अरिँगालको टोकाइबाट मृत्यु भएको हो।

झुल्नेटास्थित निजी स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि तीन दिनपछि आज नेपालगन्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए। 

उनी साथीहरूसँग सल्यानको वाफुखोलामा अरिँगाल झार्न भनी गएका थिए। सुनारको शरीरमा ५३ वटा घाउ देखिएको छ। मृतक सुनार गाउँ खेलकुद विकास समितिका सचिवसमेत थिए।