मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार १५:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थपिए ५५३ कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार १५:४४:००

देशभर पाँच सय ५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट गरिएको नमुना परीक्षणको क्रममा पाँच सय ५३ कोरोना भाइरस संक्रमित थपिएको जनाएको छ। 

मन्त्रालयका अनुसार त्यस अवधिमा तीन हजार सात सय ८९ नमुना परीक्षण भएको थियो । त्यसमध्ये आरटी पिसिआर विधिबाट चार सय ४१ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय दुईजनामा संक्रमण पाइएको हो । 

मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि ज्यान नगएको तथा चार सय ३३ जना निको भएको जनाएको छ । देशमा हाल पाँच हजार ६ सय ५९ सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।