१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २१ शनिबार २१:५३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतका १६औँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ श्रावण २१ शनिबार २१:५३:००

पश्चिम बंगालका पूर्वगभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गर्दै धनखेर भारतको १६ औँ उपराष्ट्रपति निर्वाचित भएका हुन् । निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहका अनुसार मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेका थिए । जसमध्ये पन्ध्र मत अमान्य भएको थियो । 

नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो । बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बनेकी थिइन् । रासस