मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ श्रावण २१ शनिबार २०:३३:००
Read Time : < 1 मिनेट
समाचार

संखुवासभामा चोरीको मोटरसाइकल चलाउने र बेच्ने पक्राउ

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ श्रावण २१ शनिबार २०:३३:००

संखुवासभामा चोरीको मोटरसाइकल चलाउने र बेच्ने पक्राउ दुवै पक्राउ परेका छन्। विभिन्न मितिमा धनकुटा र भोजपुर जिल्लाबाट चोरी भई हराएका ५ वटा मोटरसाइकलहरू संखुवासभामा चलाइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए। 

उनका अनुसार धनकुटा र भोजपुरमा मोटरसाइकल हराएको खबर आएपछि उक्त चेसिस नम्बर प्लेटको मोटरसाइकल संखुवासभाका विभिन्न ठाउँमा चलाइरहेको अवस्थामा भेटिएपछि मोटरसाइकल चलाउने ५ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा खाँदबारी–१, पाँचखपन–६, सभापोखरी–१ र ३, खाँदबारी–८ का स्थानीय युवा गरी ५ जना रहेका छन्। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूले एक हप्ताको अवधिमा सस्तोमा मोटरसाइकल पाएपछि किनेका थिए।