मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
देबेन्द्र कार्की 
२०७५ चैत ७ बिहीबार १९:४४:००
Read Time : < 1 मिनेट
समाचार

होली खेल्ने क्रममा दुई पक्षबीच झगडा हुँदा एककाे मृत्यु

Read Time : < 1 मिनेट
देबेन्द्र कार्की 
२०७५ चैत ७ बिहीबार १९:४४:००

धरान उपमहानगरपालिका, ७ स्थित शान्तिपथमा होली खेल्दै गर्दा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएकाे छ । धरान, ८ का २० वर्षीय निमा तामाङको छुरी प्रहारबाट ज्यान गएको प्रहरीले जनाएको हाे । 

तामाङकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उनको छातीको दाहिने भागमा चोट लागेको थियो । घटनामा धरान, ८ का १७ वर्षीय मिलन विक घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

दिउँसो तीन बजे चार जनाको समुहले तामाङलाई आक्रमण गरेका थिए । उनलाई तत्काल उपचारका लागि अस्पाताल लगिएको थियो । उपचारको क्रममा उनकाे निधन भएको वीपी प्रतिष्ठान प्रहरी पोष्टका इञ्चार्ज सई दुर्गा पराजुलीले जानकारी दिए । हत्यामा संलग्नलाई प्रहरीले खोजी गरिरहेको छ ।