मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण २० शुक्रबार १७:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीति गर्न सजिलो छैन : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार १७:२९:००

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् । शुक्रबार ललितपुरमा एक पुस्तक विमाेचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनल पुराना महिला योद्धाहरूलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएकोे बताए । 

‘पुराना महिला योद्धाहरूलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरूको चुनौती सामान गर्नुपर्छ । तर, सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिको उद्देश्य जनताको सेवा गर्ने हो, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यहीअनुसारको आचरण हुनुपर्छ,’ अध्यक्ष नेपालले भने ।  

कम्युनिस्ट पार्टीका संस्थापक नेताहरू तथा पुराना योद्धाहरूबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरूको योगदानको प्रसंशा गर्न सके मात्र इतिहासको कदर गरेको ठहरिने उनको भनाइ थियो । अध्यक्ष नेपालले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्न सक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे । ‘हामीले इतिहासको कदर गर्न सक्यौँ भने भविष्यले वर्तमानको कदर गर्नेछ,’ उनले भने ।