१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार १०:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तेस्राे ‘कौसी क्विन– २०७९’ प्रतियोगिताकाको आवेदन खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार १०:०६:००

बढ्दो सहरीकरणसँगै बढ्दै गएको फोहोरमैला व्यवस्थापनमा ठूलो भूमिका खेल्न कौसी खेती प्रवर्द्धनका लागि आयोजित ‘तेस्राे कौसी क्विन–२०७९’मा भाग लिन आवेदन खुला गरिएको छ । 

प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्दै आएको ‘कौसी क्विन प्रतियोगिता’मा भाग लिनका लागि आउँदो भदौ १० गतेसम्म १० मिनेटसम्मको भिडियो (परिचयात्मक) र १० वटा वर्किङ फोटो पठाउनुपर्ने आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । 

भदौ ११ गतेदेखि २५ गतेसम्म हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट भएका र फाेटो तथा भिडियोमा लाइक, कमेन्ट, सेयर र ट्याग जसको बढी हुन्छ उसको ५० प्रतिशत अंक आउने र निर्णायकमण्डलले ५० प्रतिशत अंकको जाँच गर्ने आयोजकले जनाएको छ ।  

सर्वोत्कृष्ट विजेतालाई घरको छतमा राख्न मिल्ने जिआई पाइप प्रयोग गरी तयार गरिएको एक लाख ५० हजारबराबरको प्लास्टिककाे टनेल निर्णाण गरिने अध्यक्ष श्रेष्ठले जानकरी दिए । 

त्यस्तै, फर्स्ट रनरअपलाई एक लाख तथा सेकेन्ड रनरअपलाई ७५ हजार, थर्ड रनरअपलाई ५० हजारबराबरको कौसीमा ग्रिन हाउस निर्माण गरिनेछ । यसैगरी सहभागी हुनेहरूले कार्यक्रममा भाग लिएबापत एक हजारबराबरको कौसी खेतीका सामग्री पनि पाउनेछन् ।